अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरेर पोखरा आउँदै गरेको ५ वटा टिप्पर एक्यापको नियन्त्रणमा
पाेखरा | पुस ४, २०८०
पोखरा: अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरेर पोखरा ल्याउँदै गरेका ५ वटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएर एक्यापलाई बुझाएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मा आज बिहान अवैध रुपमा नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) उत्खनन गरेर पोखरातर्फ ल्याउँदै गर्दा प्रहरीले पोखरा महानगर–१९ चितेपानीबाट ५ वटा टिप्परलाई नियन्त्रणमा लिएर एक्यापलाई बुझाएको हो ।
एक्याप क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरेर पोखरा ल्याउँदै गर्दा ग १ ख १७८, ग १ क ८४२९, ग २ ख ७७, ग १ क १५१४ नम्बरको टिप्पर र ग १ ख ५८६७ नम्बरको मिनिटिप्परले बिना कागजपत्र नदीजन्य पदार्थको उत्खनन गरेर चोरी निकासी गरेको अवस्थामा फेला पारेर आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखरा पठाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

